
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले आजको संसद् बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्ष दलहरू विरोध जारी राखेका हुन् । बैठक सुरू हुने बित्तिकै रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले सांसद शिव नेपालीलाई बोल्न समय दिएका थिए।
उनले मानव तस्करी, भ्रष्टाचार र कुशासन विरूद्ध रास्वपाको अडान स्पष्ट रहेको बताए। तर जनताको पक्षमा बोलेकै कारण रास्वपाको आवाज दबाउने प्रयत्न भइरहेको बताए। रास्वपाले आज पनि उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठनको माग दोहोर्याएको छ । सांसद नेपालीले आफूहरूको माग सुनुवाइ नभए संसद बहिस्कार गर्ने घोषणा गरेपछि रास्वपाका सांसदहरू बैठकबाट बाहिरिएका थिए। जेठ १३ गतेदेखि रास्वपा र राप्रपाले निरन्तर संसद् अवरोध र बहिस्कार गर्दै आइरहेको छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे