
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ। बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरूमा छलफल जारी रहनेछ।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय र उपराष्ट्रपति कार्यालयको विनियोजनमाथि छलफल हुनेछ। साथै, सांसदहरूले पेश गरेका खर्च कटौतीसम्बन्धी प्रस्तावहरू पनि बैठकमा प्रस्तुत गरिनेछन्।
त्यसैगरी, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि तय गरिएको छ। साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पनि सभामुखले सदनमा पढेर सुनाउने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे