
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
विहीबार सुन प्रतितोला एक लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी २ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे