
काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान तथा अभियोजन प्रक्रियामा प्रविधिको उच्चतम प्रयोग गर्दै प्रमाणमा आधारित र दुविधारहित अनुसन्धानमार्फत निष्पक्ष न्याय सुनिश्चित गर्न प्रहरी र सरकारी वकिललाई आग्रह गरेका छन्।
तेस्रो राष्ट्रिय अनुसन्धानकर्ता प्रहरी तथा अभियोजनकर्ता सरकारी वकिल सम्मेलनको बिहीबार काठमाडौँमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अपराध नियन्त्रण र सामाजिक सुप्रबन्धका लागि प्रभावकारी अनुसन्धान र कानुनी अभियोजन प्रणाली अत्यावश्यक भएको बताए।
“समाजमा अन्याय हुन नदिन समयानुकूल कानुन निर्माण र प्रभावकारी कार्यान्वयन जरुरी छ,” प्रधानमन्त्री ओलीले भने, “त्यसका लागि स्रोत, साधन, योग्य र इमानदार जनशक्ति चाहिन्छ, जुन उपलब्ध गराउन सरकार प्रतिबद्ध छ।”
प्रधानमन्त्री ओलीले अनुसन्धानमा प्रविधि, वैज्ञानिक उपकरण र स्रोतसाधनको भरपूर उपयोग गर्दै अपराधीलाई दण्डित र पीडितलाई न्याय दिनुपर्नेमा जोड दिए।
उनले भने, “अपराधीले प्रविधिको सहारा लिएर अपराध ढाकछोप गर्न खोज्ने हुँदा प्रहरी अझ सशक्त र प्रविधिसम्पन्न बन्नुपर्छ। त्रुटिरहित अनुसन्धानले नै न्यायको मार्ग देखाउँछ।”
निष्पक्ष, पारदर्शी र स्वच्छ प्रहरी प्रशासनको विकास
सेवासुविधा अभाव महसुस नहोस् भन्नेमा सरकारी ध्यान
दोषीलाई कारबाही, पीडितलाई न्यायको ग्यारेन्टी
अनुसन्धानमा विश्वसनीयता र प्रमाणको प्राथमिकता
न्याय प्रणालीको विश्वास पुनःस्थापना
सम्मेलनमा गृहमन्त्री रमेश लेखक, महान्यायाधिवक्ता रमेश बडाल, वरिष्ठ प्रहरी अधिकारीहरू र सरकारी वकिलहरू सहभागी थिए। सम्मेलन प्रहरी प्रधान कार्यालय, नक्सालमा जारी छ र शनिबार सम्पन्न हुने कार्यक्रम छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे