
काठमाडौँ —नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) को अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन्।
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित स्मृति भवनमा बिहीबार सम्पन्न निर्वाचनमा उनले प्रतिस्पर्धी प्रकाश पौडेललाई सात मतको झिनो अन्तरले पराजित गरे। कडरियाले ७३२ मत प्राप्त गर्दा पौडेलले ७२५ मत ल्याए।
२४औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षसहित विभिन्न पदका लागि प्यानलसहित प्रतिस्पर्धा भएको थियो। पदाधिकारीतर्फ अधिकांश पद डा. कडरियाको प्यानलले जितेको छ।
महिला उपाध्यक्ष : अञ्जना शिवाकोटी (कडरिया प्यानल)
खुला उपाध्यक्ष : विकास श्रेष्ठ (कडरिया प्यानल)
महासचिव : दीपक धामी (कडरिया प्यानल)
उपमहासचिव : कमल जोशी (पौडेल प्यानल)
चार सचिव :
आकाश घर्ती
रचना सापकोटा
गोपाल नेपाल
सबिमबाबु खान
यी सचिवहरू सबै कडरिया प्यानलबाटै निर्वाचित भएका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे