
काठमाडौँ , २६ जेठ । प्रतिनिधिसभा बैठक आधा घन्टाका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको जानकारी गराएका हुन् । निर्धारित समयभन्दा डेढ घण्टा ढिला सुरू भएको प्रतिनिधिसभा बैठक आधा घण्टापछि पुनः बस्नेगरी स्थगित भएको छ । सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न अनुमति दिने जानकारी दिँदै आसनबाट बसेर सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरे । विपक्षी दलको विरोधपछि सभामुख घिमिरेले बैठक आधा घण्टापछि बस्नेगरी स्थगन गरेको जानकारी गराए ।
“दलहरूबीच सहमतिको प्रयत्न भइरहको र सहमतिका साथ संसद्को कार्यसूचीलाई अघि बढाउनुपर्ने महत्त्वलाई ध्यानमा राखेर शीर्ष नेताले प्रयत्न गरिरहेको भन्नुभएको छ, त्यसैले गर्दा यो बैठक आजै आधा घण्टापछि बस्ने गरी स्थगित हुन्छ,” सभामुख घिमिरेले भने ।
विपक्षी दलले यही जेठ १३ गतेदेखि ‘भिजिट भिसा’ प्रकरणलाई लिएर सदनमा विरोध जनाउँदै आएका छन् । उनीहरूले गृहमन्त्री राजीनामा र निष्पक्ष छानबिन अघि नबढेसम्म सदनमा विरोध कायमै रहने स्पष्ट पारेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे