
काठमाडौँ, जेठ २३ — सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्ने भएको छ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्। सो प्रस्तावमाथि छलफल हुने कार्यसूची तय गरिएको छ।
त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले “सङ्घीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२” संसद्मा पेस गर्ने कार्यक्रम पनि रहेको छ।
उता, राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजेका लागि तय भएको छ। बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि सामान्य छलफल जारी रहनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे