
काठमाडौं – नेपाल राष्ट्र बैंक अन्तर्गत वित्तीय जानकारी इकाई (एफआईयू नेपाल) ले सन् २०२४ (जनवरी-डिसेम्बर) को गतिविधिहरू समेटिएको चौथो संस्करणको न्यूजलेटर सार्वजनिक गरेको छ। यसमा मनी लन्ड्रिङ्ग निवारण, आतङ्कवादी वित्तपोषण रोकथाम, तथा अन्य वित्तीय अनियमितताका विरुद्ध गरिएका कार्यहरूको विस्तृत विवरण समावेश छ।
शंकास्पद कारोबार प्रतिवेदनमा उल्लेख्य वृद्धि: सन् २०२३ मा ६,२५५ वटा प्रतिवेदन प्राप्त भएकोमा २०२४ मा यो संख्या ४९% ले बढेर ९,२०४ पुगेको छ।
प्रतिवेदन विश्लेषण: एफआईयूले १,८९४ प्रतिवेदन विश्लेषण गरेकोमा १,०८६ वटा कानुन प्रवर्तन निकायहरूमा अनुसन्धानका लागि पठाइएको छ भने ८०८ वटा अभिलेखीकरण गरिएको छ।
सीमापार कारोबार निगरानी: सूचक संस्थाहरूले पेश गरेका सीमापार कारोबार विवरण १९.७२ लाख (२०२४) पुगेको छ, जुन २०२३ को तुलनामा उल्लेख्य रूपमा बढी छ।
प्रणाली एकीकरण: एफआईयूको GOAML प्रणाली मा आवद्ध संस्थाहरूको संख्या १,९०५ पुगेको छ (२०२२: १,४९६)।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे