
चितवन— कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत श्री राष्ट्रिय आधारभूत विद्यालय, ज्योतिनगर, चितवनका विद्यार्थीलाई पोशाक वितरण गरेको छ।
बैंकको नारायणगढ क्षेत्रका प्रतिनिधि प्रविण बर्तौलाले विद्यालयका प्रधानाध्यापक रमाकान्त न्यौपानेको उपस्थितिमा विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गर्नुभयो। कार्यक्रममा बोल्दै प्रधानाध्यापक न्यौपानेले बैंकले देखाएको सामाजिक उत्तरदायित्वप्रति आभार व्यक्त गर्दै उक्त सहयोगले विद्यार्थीको आत्मबल अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।
बैंकका प्रतिनिधि बर्तौलाले भरतपुर महानगरपालिकासँगको समन्वयमा यस्ता सामाजिक कार्यमार्फत समुन्नत समाज निर्माणमा हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गर्दै भविष्यमा पनि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।
उक्त कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कामना सेवा विकास बैंकले आगामी दिनहरूमा पनि विभिन्न सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै सामाजिक तथा साक्षरता अभिवृद्धिसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे