
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ । आइतबार १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।
यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार १९ सय ४५ रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे