
काठमाडौं, जेठ ५ – नेपाल टेलिकमको खुद नाफा यस आर्थिक वर्षमा ४८।६ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ९९ महिनामा० कम्पनीले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको यही अवधिमा रहेको ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँभन्दा धेरै कम हो।
नाफा घट्नुको प्रमुख कारण ब्याज आम्दानीमा आएको तीव्र गिरावट हो। कम्पनीले ठुलो रकम निक्षेपमा राखेकाले ब्याजबाट आम्दानी हुने गर्छ। तर, अहिले ब्याज आम्दानी ४६ प्रतिशतले घटेर अघिल्लो वर्षको ५ अर्ब १९ करोडबाट घट्दै २ अर्ब ८० करोड ३५ लाख रुपैयाँमा झरेको छ।
ग्राहक सेवाबाट भएको आम्दानी भने लगभग स्थिर देखिएको छ। अघिल्लो वर्ष २५ अर्ब ४८ करोड रुपैयाँ आम्दानी भएकोमा यो वर्ष २५ अर्ब ३१ करोडमा झरेको छ। कुल आम्दानी पनि घट्दै ३१ अर्ब २० करोडबाट २८ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको छ।
नाफा घटेपछि कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ४१ रुपैयाँबाट घट्दै २१ रुपैयाँ ५ पैसामा झरेको छ। १८ अर्ब चुक्ता पुँजी रहेको नेपाल टेलिकमको जगेडा कोषमा हाल ७२ अर्ब ७० करोड रुपैयाँ सञ्चित छ भने प्रति शेयर नेटवर्थ ५०३ रुपैयाँ ९३ पैसा रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे