
सिन्धुली। एभरेष्ट बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै सिन्धुली जिल्लामा १३२औँ शाखा सञ्चालनमा ल्याएको छ। यस शाखा मार्फत स्थानीय ग्राहकहरूलाई बैंकिङ्ग सेवा सहज बनाउन विभिन्न आकर्षक प्रस्तावहरू दिइएका छन्। बचत खाता मात्र रु. १०० मौज्दातमा खोल्न सकिने भएको छ भने चल्ती खाताको न्यूनतम मौज्दात रु. २,५०० तोकिएको छ। यसका साथै तलबी बचत खाता शून्य मौज्दातमा र नारी बचत खाता रु. १,२५० मौज्दातमा उपलब्ध गराइएको छ। ग्राहकहरूलाई डेबिट कार्ड, एसएमएस अलर्ट र मोबाइल बैंकिङ्ग सेवा पहिलो पटक निःशुल्क दिइने बैंकले जनाएको छ। यी सेवाहरू सीमित अवधिको लागि मात्र उपलब्ध हुने बताइएको छ। बैंकको नयाँ शाखाले स्थानीय बासिन्दाहरूलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे