
काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बिहीबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको हो।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ। मूल्य घटेसँगै काठमाडौँ उपत्यकामा अब पेट्रोल प्रतिलिटर १५७ रुपैयाँ र डिजेल तथा मट्टितेल १४२ रुपैयाँ पर्नेछ।
निगमले अन्तर्राष्ट्रिय बजारको मूल्य घटेको आधारमा स्वाभाविक समायोजन गरिएको जनाएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे