
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ८६ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला दुई हजार रूपैयाँ घटेको हो।
यता, मंगलबार चाँदीको मूल्य भने बढेको छ। सोमबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे