
काठमाण्डौ। हालको वर्षमा शङ्कास्पद कारोबार तथा गतिविधिका प्रतिवेदन (STR/SAR) को सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ।
वित्तीय जानकारी इकाई (FIU) ले सार्वजनिक गरेको विवरण अनुसार, बैंक तथा वित्तीय संस्था मात्र नभई अब गैरवित्तीय पेसा वा व्यवसायीहरूबाट पनि शङ्कास्पद कारोबार सम्बन्धी प्रतिवेदनहरू प्राप्त हुन थालेका छन्।
यससँगै विश्लेषण तथा कानुन कार्यान्वयन गर्ने निकायलाई उपलब्ध गराइने इन्टेलिजेन्स (intelligence) प्रवाहको सङ्ख्या पनि बढ्दो क्रममा छ।
गत वर्षसम्मको आँकडा यस्तो छ:
२०७६/७७ मा १,०९० वटा मात्रै शङ्कास्पद कारोबारको रिपोर्ट प्राप्त भएको थियो भने २०७७/७८ मा १,५३३, २०७८/७९ मा २,७८०, २०७९/८० मा ५,९३५, २०८०/८१ मा ७,३३८ र २०८१/८२ मा फागुन मसान्तसम्म ६,७८७ वटा रिपोर्ट प्राप्त भएका छन्।
बर्षेनी बढिरहेको यो प्रतिवेदन सङ्ख्याले अर्थतन्त्रमा पारदर्शिता बढाउन र अवैध कारोबार नियन्त्रण गर्न वित्तीय प्रणाली थप सचेत हुँदै गएको संकेत गर्दछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे