
काठमाडौँ , २६ वैशाख । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको तुलनामा आज तोलामा एक हजार ४०० घटेको छ। बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार दुई सय रूपैयाँ पुगेको थियो।
यता चाँदीमा भने प्रतितोला पाँचले वृद्धि भएको छ। शुक्रबार चाँदीको मूल्य बढेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे