
काठमाडौँ, वैशाख २४ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्ट र नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर हाम्डीबीच सोमबार काठमाडौँमा उच्चस्तरीय भेटवार्ता सम्पन्न भएको छ।
उक्त अवसरमा आगामी मनसुनको पूर्वतयारी तथा प्रतिकार्य रणनीति, “सबैका लागि पूर्व सूचना” (#EarlyWarningForAll – EW4ALL) प्रणालीको कार्यान्वयन प्रगतिसम्बन्धी समिक्षा तथा नेपाल सरकार र नेपालस्थित संयुक्त राष्ट्रसंघीय निकायहरूसँगको समन्वय सुदृढीकरणबारे विस्तृत छलफल भएको थियो।
कार्यकारी प्रमुख भट्टले विपद् पूर्वतयारी र जोखिम न्यूनीकरणका क्षेत्रमा संयुक्त राष्ट्रसंघीय निकायहरूसँगको सहकार्य आवश्यक र प्रभावकारी रहेको उल्लेख गर्दै आगामी दिनमा अझ समन्वयात्मक कार्यदिशा तय गर्नुपर्ने आवश्यकता औँल्याए।
भेटवार्तामा प्राधिकरणका सहसचिवद्वय रोशनी कुमारी श्रेष्ठ र ई. अर्जुन कुमार बम तथा संयुक्त राष्ट्रसंघीय संयोजकको कार्यालयका जलवायु तथा विपद् जोखिम न्यूनीकरण विज्ञ डा. पपुलर जेन्टलको समेत उपस्थिति थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे