
काठमाडौँ, २३ वैशाख — नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ९०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन अर्थात् सोमबार यसको मूल्य तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ थियो।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १ हजार ९१० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार बढेर १ हजार ९६५ रुपैयाँमा पुगेको छ। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे