
काठमाडौँ , १८ वैशाख । नेपाली बजारमा आज ९बिहीबार० सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला एक लाख ८८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। आज प्रतितोला चार हजार ६ सय रूपैयाँ घटेको हो।
यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला एक हजार नौ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५० रूपैयाँले घटेर एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे