
भक्तपुर, वैशाख १६ । आज स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५०० रुपैयाँले बढेर १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेर तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे