
काठमाडौँ , ११ वैशाख । नेपाली बजारमा आज ( बिहीबार ) सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ कायम रहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २ सय रुपैयाँ बढेको हो । हिजो बुधबार सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९६५ रुपैयाँरहेको चाँदी आज ४५ रुपैयाँ बढेर तोलाको २ हजार १० रुपैयाँ रहेको महासंहले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे