
काठमाडौँ , ९ वैशाख । टिकटकमा पेस्तोल देखाएर भिडियो पोस्ट गरेका युवक रघुबिन्द यादवलाई प्रहरीले पक्राउ गरेको छ। वैशाख ६ गते ‘रघुबिन्द यादव’ नामक टिकटक अकाउन्टबाट पेस्तोलसहितको भिडियो भाइरल भएपछि प्रहरीले खोजी कार्य सुरु गरेको थियो।
भिडियोको आधारमा इलाका प्रहरी कार्यालय पकडीको टोलीले कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ महादेवका २१ वर्षीय यादवलाई पक्राउ गरेको हो। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस घटनाले सामाजिक सञ्जालमा हतियार देखाउने प्रवृत्तिको बढ्दो समस्याबारे थप चासो उत्पन्न गराएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे