
काठमाडौँ , ९ वैशाख । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य दुई लाख नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँ रहेको छ । हिजो मंगलबारको तुलनामा आज ६ हजार ९०० रुपैयाँ बढेको हो । सोमबार सुन तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम रहेको थियो । महासंघका अनुसार मंगलबार कायम भएको मूल्य हालसम्मकै उच्च हो ।
यसैबिच चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे