
काठमाडौं, ४ वैशाख – सरकार सञ्चालनप्रति बढ्दो असन्तुष्टिका कारण नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन्। बुढानीलकण्ठस्थित देउवा निवासमा जारी बैठकमा सरकारमा रहेका कांग्रेस मन्त्रीहरू पनि सहभागी छन्। देउवाको सचिवालयका अनुसार पार्टी र सरकार सञ्चालनबारे छलफल तथा मन्त्रीहरूसँग ब्रिफिङ लिन बैठक आह्वान गरिएको हो।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्ता गठबन्धन संयन्त्रको बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा अनुपस्थित भएपछि गठबन्धनको स्थायित्वमाथि प्रश्न उठेको छ। संयन्त्रमा कांग्रेसको सक्रियता नदेखिएको भन्दै आलोचना भइरहेका बेला देउवा पार्टीभित्रको असन्तुष्टि सम्बोधन गर्न सक्रिय भएका हुन्। सरकारको कामप्रति चासो राख्दै नेतृत्वले अब थप छलफल गर्ने तयारी गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे