
काठमाडौँ , २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेश सभामा सम्बोधन गर्ने भएका छन्। मधेश प्रदेशसभाको बैठक आज दिउँसो १ बजे आह्वान गरिएको छ । प्रधानमन्त्रीको सम्बोधनका लागि बैठकमा अनिवार्य सहभागिताका लागि प्रदेश सांसदहरूलाई सूचना जारी गरिएको छ।
प्रधानमन्त्रीको सचिवालयलेका अनुसार ओलीले सिरहा सदरमुकाममा सहिद हेमनारायण यादवको शालिकमा माल्यार्पण गरिसकेपछि सूर्यनारायण सत्यनारायण मोरवैता क्याम्पसमा आयोजित सभालाई सम्बोधन गर्ने र त्यसपछि सिरहाको सूर्यनारायण सत्यनारायण मोरवैत्ता यादव क्याम्पसमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे