
काठमाडौँ , २१ चैत । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक आयोजित हुँदैछ। ती बैठकहरूमा विभिन्न महत्वपूर्ण विषयमा छलफल हुने कुरा तय गरिएको छ। सबैभन्दा पहिलो, बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक हुनेछ। यस बैठकमा नेपाल ऐनलाई संशोधन गर्नको लागि तयार गरिएको विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ।
त्यस्तै, बिहान ११ बजे नै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बस्नेछ। यस बैठकमा कृषि र पशुपंक्षी विकास मन्त्रालयले तर्जुमा गर्दै गरेको कृषि नीतिका बारेमा आवश्यक सुझावहरू संकलन र छलफल गरिनेछ।
यसैगरी, बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठकमा सामाजिक परिचालकहरूको व्यवस्थापनबारे छलफल हुनेछ। बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको विषयमा युवा तथा खेलकुद मन्त्रालयसँग छलफल हुने छ।
यसै क्रममा, बिहान साढे ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी विभिन्न संस्थाहरू र नागरिक समाजसँग छलफल हुनेछ।
अन्ततः, बिहान साढे ११ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा नेपालको संविधानको धारा ५३ अनुसार संघीय संसदमा प्रस्तुत भएको नेपाल सरकारको आ।व। २०७९र०८० को वार्षिक प्रतिवेदन ९विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य र पूर्वाधार० का सम्बन्धमा छलफल गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे