
काठमाडौँ , १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को पहिलो महाधिवेशन आउँदो वैशाखमा आयोजना हुने भएको छ। सभापति रवि लामिछानेको अध्यक्षतामा केन्द्रीय समितिको बैठकले पार्टीको राष्ट्रिय भेलाबाट घोषणा गरेकै समय अर्थात् वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको हो। महाधिवेशनको तयारीका लागि केन्द्रीय समितिका सदस्य र प्रदेश समितिबाट आउँदो तीन दिनमा लिखित राय र कार्यविवरण पेश गर्न निर्देशन दिइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकले जनताको कुरा सुन्ने यात्रा, जनयात्राु चैत २३ गते चितवनबाट शुरु गर्ने निर्णय गरेको छ। यसका लागि उपसभापति डोलप्रसाद अर्याल र डा। स्वर्णिम वाग्लेको संयोजकत्वमा मिसन ब्लुप्रिन्टु कार्यदल गठन गरिएको छ। लिडरसिप एकेडेमी र उम्मेद्वार क्लबको कार्यान्वयनका लागि सहमहामन्त्री सुमना श्रेष्ठ र विपिन कुमार आचार्यलाई जिम्मेवारी दिइएको छ। जनयात्रा कार्यक्रमको संयोजन संसदीय दलका उपनेता विराज भक्त श्रेष्ठलाई तोकिएको छ।
बैठकले गण्डकी प्रदेश समितिको सिफारिशमा गण्डकी प्रदेश सहमहामन्त्रीमा कृष्णप्रसाद लम्साल र कृष्णकुमारी अधिकारीलाई मनोनयन गरेको छ। लामिछानेले पार्टी संरचना अझै सबल र सशक्त बनाउनुपर्ने बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे