
काठमाडौँ, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा प्रयोग गरेका शब्दहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अस्वीकृत गरेको छ। विपक्षी सांसदहरूको मागअनुसार संसद्मा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले बोल्दै गर्दा राप्रपाका सांसद ज्ञानेन्द्र बहादुर शाही उठेर विरोध जनाएका थिए। त्यसपछि राप्रपाका अन्य सांसदहरूले पनि विरोध गरे।
राप्रपाका सांसद ज्ञानेन्द्र बहादुर शाहीले २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गरेको विषयलाई ‘कथित’ भन्दै प्रधानमन्त्रीको भनाइमा आपत्ति जनाए। उनले भने, “प्रधानमन्त्रीले संसदको नियमावलीको उल्लंघन गर्दै असंसदीय भाषा प्रयोग गर्नुभयो। यो संसदको रेकर्डबाट हटाइयोस्।”
उनले थप भने, “एयरपोर्टमा स्वागत गरिएको विषयलाई कथित भन्नु होच्याउने काम हो। यसलाई संसदको रेकर्डबाट हटाउन अनुरोध गर्दछु।” सभामुख देवराज घिमिरेले उक्त विषयको ध्यानाकर्षण भएको जानकारी सभालाई दिएका छन्
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे