
काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा आज राजावादी समूह र प्रहरीबीच झडप भएको छ। राजावादी प्रदर्शनकारीहरूले बानेश्वरतर्फ बढ्न खोज्दा सुरक्षाकर्मीहरूले रोक लगाएपछि झडपको स्थिति उत्पन्न भएको हो।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राजावादीहरूको प्रदर्शनका लागि तीनकुनेमा छुट्टै स्थान तोकेको थियो, तर प्रदर्शनकारीहरूले उक्त स्थान नपढी बानेश्वरतर्फ जान प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। सुरक्षाकर्मीहरूले भीडलाई नियन्त्रणमा लिन रोकथामका प्रयास गर्दा झडप भएको थियो।
प्रहरीले भीड नियन्त्रण गर्न लाठीचार्ज गरेको र केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बताइएको छ। केही प्रदर्शनकारी घाइते भएका छन्, तर यसको आधिकारिक पुष्टि हालसम्म गरिएको छैन। प्रदर्शनकारीहरूले राजसंस्थाको पुनःस्थापनाको माग गर्दै नाराबाजी गर्दै प्रदर्शन गरिरहेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे