
काठमाडौँ , १४ चैत । राष्ट्रियसभाको बैठक प्रतिपक्षी दलहरुले विरोध गरेपछि एक घण्टाका लागि स्थगित गरिएको छ । आज पनि विपक्षी दलको विरोधका कारण सङ्घीय संसद्को बैठक कार्य सूचीमा प्रवेश गर्न सकेन। राष्ट्रियसभाको बैठक सुरु भएको समयमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाज)का सांसद डा. वेदुराम भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट हटाउनुपर्ने कारणबारे सरकारको जवाफ मागेका थिए। सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालन गर्न आग्रह गर्दै यस विषयमा सिङ्गो राष्ट्रको ध्यान रहेको बताए। प्रतिपक्षी दलहरुले विरोध गरेपछि बैठक एक घण्टाका लागि स्थगित भएको छ।
कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले संसदमा अवरोध सिर्जना हुँदा प्रतिस्थापन विधेयक पारित गर्न समस्या हुने भन्दै बैठक सञ्चालन गर्न आग्रह गरेका थिए। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले “सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१” माथि दफावार छलफल गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो। त्यस्तै, भूमि व्यवस्था मन्त्री बलराम अधिकारी र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि विधेयक माथि छलफल गर्ने प्रस्ताव प्रस्तुत गर्नुपर्ने थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे