
काठमाडौँ , १३ चैत । प्रतिपक्षी दलले प्रधानमन्त्रीको जवाफ माग गर्दै प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेका छन् । सभामुख देवराज घिमिरेले सभाको आजको बैठक सुरु गर्ने बित्तिकै प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएका छन् । सभामुख घिमिरेले नेकपा ९माओवादी केन्द्र० का सांसद शक्तिबहादुर बस्नेतलाई बोल्ने समय दिएका थिए ।
बस्नेतले प्रधानमन्त्रीको जवाफ माग गरे । उनले भने ‘हामी चाहन्छौं( सरकारले यो निर्णय ९कुलमान घिसिङलाई हटाउने निर्णय० फिर्ता गरोस् । साथै, यसबारेमा प्रधनमन्त्रीले संसदमा आएर तत्काल गराउनुपर्छ’ । सांसद बस्नेतले आफ्नो भनाइ सक्ने बित्तिकै प्रतिपक्षी सांसदहरुले पुनः उठेर विरोध जनाएका छन् । सभामुख घिमिरेले विरोधका बीच सदन ३० मिनेटका लागि स्थगन गरेका छन् । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग गरेका हुन् ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको भन्दै विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सदनमा विरोध जनाएका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे