
काठमाडौँ, १३ चैत । प्रतिनिधि सभा र राष्ट्रिय सभा ९संघीय संसद०को बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा एक बजे बस्न लागेको हो । प्रतिनिधि सभा बैठकमा बैंकिङ्ग कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८०का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिनेछ । त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।
आजको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ। साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद ९दोस्रो संसोधन० विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।
यता राष्ट्रिय सभाको बैठकमा भने भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची छ । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्ने सम्भावित कार्यसूची पनि छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे