
काठमाडौं । एभरेष्ट बैंकले ‘ग्लोबल मनि विक’ का अवसरमा देशभर एक सप्ताहसम्म वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रमको आयोजना ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न विद्यालय र क्याम्पसहरूमा गरिएको थियो।
बैंकका अनुसार, कार्यक्रमको अन्तर्गत लगभग ३,००० विद्यार्थीहरूले वित्तीय साक्षरता सम्बन्धी जानकारी प्राप्त गरेका छन्। यस अवसरमा केही विद्यार्थीहरूलाई बैंकका शाखा अवलोकन गराइ, बैंकले प्रदान गर्ने सेवाबारे जानकारी पनि दिइएको थियो।
कार्यक्रममा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, सुरक्षित डिजिटल कारोबार, र बैंकिङ सेवामा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना कार्यक्रमहरू आयोजना गरिएको बैंकले जनाएको छ।
पंजाब नेशनल बैंक भारतसँगको साझेदारीमा स्थापित एभरेष्ट बैंकले हालसम्म १४ लाख भन्दा बढी ग्राहकको सेवा पुर्याउँदै नेपालभर १३१ शाखा, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६७ एटीएम सञ्चालन गर्दै आएको छ। यस बैंकले अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सेवासमेत प्रदान गर्दै आएको छ र नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रमा सेवा दिइरहेको छ।
यस बैंकले भारतको नयाँ दिल्ली लगायत अन्य मुलुकहरूमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे