
काठमाडौँ , १० चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा हुने सबै कार्यक्रमलाई सहयोग गर्ने निर्णय गरेको छ। पार्टीले मातहतका कमिटी र जनवर्गीय सङ्गठनलाई गणतन्त्रविरुद्ध गतिविधि गर्ने शक्तिलाई परास्त गर्न प्रदर्शन, आमसभा, विरोध र सङ्घर्षका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन निर्देशन दिएको छ।
केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार, समान राजनीतिक दृष्टिकोण भएका वामपन्थी दलहरूसँग एकता र परिवर्तन पक्षसँग सहकार्य गरी गणतन्त्रको पक्षमा जनमत सृजना गर्न सम्पूर्ण कमिटीलाई परिपत्र गरिएको छ। समाजवादी मोर्चाले काठमाडौँमा चैत १५ गते आयोजना गर्ने विरोध प्रदर्शन र आमसभालाई सफल बनाउन सबैलाई आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे