
एजेन्सी। गाजास्थित फलस्तिनी उग्रवादी समूह हमासले इजरायलमाथि जवाफी आक्रमणको घोषणा गर्दै नयाँ हमलाको शुरुवात गरेको छ। हालै इजरायलले गरेको आक्रमणको प्रतिक्रिया स्वरूप, हमासले गाजा पट्टीबाट इजरायलका विभिन्न शहरहरूमा मिसाइल प्रहार गरेको छ। इजरायलको रक्षा प्रणाली “आयरन डोम” ले केही मिसाइललाई नष्ट गरे पनि धेरै मिसाइलहरूले इजरायलको सुरक्षामा चुनौती प्रस्तुत गरेका छन्।
इजरायलले गाजामा पुनः सैन्य आक्रमण सुरु गरेपछि, हमासको यो पहिलो जवाफी हमला हो। यद्यपि, दुईवटा क्षेप्यास्त्रले खाली ठाउँमा खस्नुका साथै एउटा क्षेप्यास्त्र इजरायलले नष्ट गरेको जनाएको छ। इजरायलले गाजामा पुनः हमला सुरु गरेपछि ५ सय ९१ प्यालेष्टिनीहरूको मृत्यु भएको र तिनमा २ सयभन्दा बढी बालबालिका समावेश रहेको गाजाको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।
इजरायली सेना (IDF) ले बिहीबार प्यालेस्तिनी क्षेत्रमा स्थलगत कारबाही सुरु गरेको जनाएको छ। जनवरी १९ देखि मार्च ३० सम्म युद्धविराम भएको भए पनि यो अवधि लम्ब्याउने सहमति हुन नसक्दा इजरायलले गाजामा पुनः आक्रमण गरेको हो। इजरायलका अनुसार, हमासले ५९ जनालाई अझै बन्धक बनाइराखेको छ, जसमध्ये २४ जनालाई जीवित राखिएको अनुमान गरिएको छ।
यस पुनः युद्धको बीचमा, नेपाली विद्यार्थी विपिन जोशीका लागि रिहा हुने आशा एकपटक फेरि समाप्त भएको छ। जनवरी १९ देखि मार्च ३० सम्मको युद्धविरामका दौरान, हमासले २५ जना जीवित र ८ जना मृत बन्धक इजरायललाई फिर्ता गरेको थियो, जसको बदलामा इजरायलले १,९०० प्यालेष्टिनी कैदीलाई रिहा गरेको थियो। यसै बीच, हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा गरेको आक्रमणमा १,२०० जनाको मृत्यु भएको र २५१ जनालाई बन्धक बनाइएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे