
काठमाडौं, १ चैत । स्वरोजगार लघुवित्तको एफपिओ आज, शुक्रबार, बाँडफाँट गरिएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा सम्पन्न भएको यस बाँडफाँटमा १९,५७७ जना लगानीकर्ताले सेयर प्राप्त गरेका छन्।
१९,५७४ जना लगानीकर्ताले १० कित्ता र ३ जना लगानीकर्ताले ११ कित्ताका दरले सेयर पाएका छन्। एफपिओमा १७ लाख ८० हजार ४५७ जना आवेदकले २ करोड १७ लाख १५ हजार ७५० कित्ताको लागि आवेदन दिएका थिए, जसमा २,६६४ जना आवेदकको आवेदन रद्द भएको थियो। नतिजा एनएमबी क्यापिटलको वेबसाइट, मेरो सेयर, र सिडिएस एन्ड क्लियरिङमा हेर्न सकिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे