
काठमाडौँ, ३० फागुन । समाजवादी मोर्चाले हालैका प्रतिगामी कदमहरूको विरोधमा बुद्धिजीवी र नागरिक समाजसँग शनिबार अन्तरक्रिया गर्ने निर्णय गरेको छ। शुक्रबार नेकपा (एकीकृत समाजवादी) को आलोकनगर कार्यालयमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा खड्गबहादुर विश्वकर्माले जानकारी दिँदै भने, “हामीले पछिल्लो समय भइरहेका प्रतिगामी कदमहरूको विरोधमा बुद्धिजीवी र नागरिक समाजका अगुवाहरूसँग छलफल गर्ने निर्णय गरेका छौँ।” साथै, मोर्चाले चैत १५ गते काठमाडौँमा वृहत विरोध कार्यक्रम गर्ने निर्णय पनि गरेको छ। आगामी प्रदर्शनमा गणतन्त्रको पक्षमा हजारौँको सहभागिता हुने तयारी गरिएको छ। मोर्चाले विरोध कार्यक्रमलाई सफल बनाउन नागरिक समाज र बुद्धिजीवीहरूसँग छलफल अघि बढाउनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे