
काठमाडौँ । रङहरूको होली पर्व आज तराई र मधेसका विभिन्न जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ। हिमाली र पहाडी जिल्लामा फागुपूर्णिमा मनाइएकै दिन तराईमा होली मनाउने परम्परा अनुसार आज होली पर्व मनाउने गरिएको हो। आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), चितवन, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा होली मनाइँदै छ।
विशेषगरी, थारू समुदायको घना बसोबास भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होलीलाई विशेष महत्त्व दिइन्छ। होली पर्वले सबै प्रकारका भेदभावलाई नष्ट गर्दै, रङ लगाएर सबैलाई खुशी र उल्लासका साथ एकत्रित गर्ने काम गर्दछ। यो पर्व एक अर्कासँग प्रेम र मित्रता फैलाउने अवसरको रूपमा मनाइन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे