
एजेन्सी । पाकिस्तानको सेनाले देशको दक्षिणपश्चिमी भागमा रहेको बलुचिस्तान प्रान्तमा पृथकतावादी लडाकुहरूले अपहरण गरेको यात्रुवाहक रेलबाट कम्तीमा ३४६ बन्धकहरूलाई मुक्त गराएको जनाएको छ। एक सैन्य प्रवक्ताका अनुसार उद्धार कार्य बुधबार सकिएको र सबै ३३ आक्रमणकारीहरूको मृत्यु भएको छ। बलुच लिबरेसन आर्मी नामक आतंकवादी समूहविरुद्ध सेनाको कारवाही अघि २१ सामान्य नागरिक र ४ सैनिकको हत्या भएको बताइएको छ। सेनाले उक्त क्षेत्रका पहाडी इलाकामा आफ्नो खोज र उद्धार अभियानलाई निरन्तर अघि बढाइरहेको छ।
रेलमा करिब ४ सय ४० यात्री सवार थिए, जसमा सय जना भन्दा बढी सुरक्षाकर्मीहरू पनि समावेश थिए। केही लडाकुले रेल छाडेर यात्रुहरुलाई बन्धक बनाएर भागेको रिपोर्ट गरिएको छ। सेनाले बन्धक बनाएर लगिएका यात्रुको सही सङ्ख्या पत्ता लगाउन खोजी जारी राखेपनि त्यो स्पष्ट नभएको बताइएको छ। बलुच लिबरेसन आर्मी ले भने दुई दिनको अवधिमा १०० भन्दा बढी पाकिस्तानी सैनिकको हत्या गरेको दाबी गरेको छ, जसमा बुधबार मात्रै ६० सैनिकको मृत्यु भएको थियो।
मंगलबार दिउँसो १ बजे बलुच सेनाले जाफर एक्सप्रेसका ४५० यात्रुलाई बन्धक बनाएको थियो, र उनीहरूलाई उद्धार गर्ने कार्य लगभग ३६ घण्टा लामो समयसम्म चल्यो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे