
एजेन्सी । उच्च अदालतले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र उनका परिवारका सदस्यहरूको सम्पत्ति जफत गर्ने आदेश दिएको छ। अदालतले शेख हसिनासहित उनको शाखा सन्तानलाई भ्रष्टाचार र अवैध सम्पत्ति अर्जन गरेको आरोपमा दोषी ठहर गर्दै, उनका सम्पत्ति जफत गर्नका लागि आदेश दिएको हो।
बंगलादेशको भ्रष्टाचार र आर्थिक अपराध अनुसन्धान आयोगले लामो समयदेखि शेख हसिना र उनका परिवारका सदस्यहरूको सम्पत्ति जांच गर्दै आएको थियो। यस क्रममा अदालतमा पेश भएका प्रमाणहरूले शेख हसिनासहित उनका परिवारका सदस्यहरूको अनधिकृत सम्पत्ति अर्जनको पुष्टि गरेको थियो।
अदालतले उनका छोरा साजिब वाजेद जोय, छोरी साइमा वाजेद पुतुल, बहिनी शेख रेहाना र छोरीहरू टुलिप सिद्दिकी र रदवान मुजिब सिद्दिकीको सम्पत्ति जफत गर्न पनि आदेश दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे