
काठमाडौँ , २७ फागुन । सङ्घीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ बजे बस्ने छ। संसद् सचिवालयका अनुसार बैठकको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्ने सम्भावित कार्यसूची रहेको छ ।
त्यसैगरी, बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा प्रस्तुत भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइने प्रस्ताव प्रस्तुत गर्ने छन् । साथै, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव पनि राख्ने राख्नुहुने कार्यसूची रहेको छ ।
आजको बैठकमा सो संशोधनमाथि छलफल हुने र वनमन्त्री ठकुरीले उक्त संशोधनलाई अनुमोदन गर्नका लागि प्रस्ताव पनि पेश गर्ने छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे