
काठमडौँ , २६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आज सोमबार दिउँसो १ :३० बजे पदाधिकारी बैठक बोलाएका छन्। पार्टीका महामन्त्री राजाराम बर्तौलाले बैठकको जानकारी दिँदै भने, बैठक केन्द्रीय कार्यालय सिफलमा बस्नेछ। बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गरिने छ। यसका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवाससम्मको पूर्वराजाको स्वागत र समसामयिक विषयमा पनि छलफल हुनेछ।
पार्टीको आगामी रणनीतिका विषयमा पनि विचार गरिने बैठकमा प्रमुख नेताहरूको उपस्थिति रहने छ। यो बैठक पार्टीको आन्तरिक रणनीति र आगामी कार्यतालिका समेत निर्धारण गर्ने क्रममा महत्वपूर्ण मानिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे