
काठमडौँ , २६ फागुन । जनता समाजवादी पार्टी ९जसपा० नेपालले आफ्नो केन्द्रीय पदाधिकारी र कार्यकारिणी समिति सदस्यमा थप गर्दैछ। पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको विधान २०८० को ‘धारा १३९ बाधा अड्काउ फुकाऊ’ प्रयोग गरी पदाधिकारी र कार्यकारिणी सदस्य थप गर्ने निर्णय गरेको हो। यसका लागि विधानको धारा २९ को उपधारा ३ संशोधन गरिएको प्रचार, प्रसार र प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो। यस संशोधनको प्रमुख उद्देश्य जातीय, सामुदायिक तथा लैङ्गिक समावेशितालाई ध्यानमा राखेर पदाधिकारी र कार्यकारिणी सदस्य थप गर्नु हो।
संशोधित विधान अनुसार, जसपा नेपालले दुई उपाध्यक्ष, एक महासचिव र ११ जना केन्द्रीय कार्यकारिणी सदस्य थप गर्ने छ। यस आधारमा संघीय परिषद् अध्यक्ष, केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय समितिबाट निर्वाचित २१ सदस्य रहने गरी केन्द्रीय कार्यकारिणी समिति गठन गरिने छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे