
एजेन्सी । युक्रेनको पूर्वी क्षेत्रहरूमा रुसी सेनाले जारी गरेको आक्रमणका कारण कम्तिमा २५ व्यक्तिको मृत्यु भएको छ। युक्रेनी अधिकारीहरूले शुक्रबार जानकारी दिइरहँदा, रुसी हवाई हमलाले विभिन्न नागरिक क्षेत्रलाई लक्षित गरेको र यस आक्रमणका कारण धेरै मानिसहरू घाइते भएका छन्।
युक्रेनी रक्षा मन्त्रालयका अनुसार, रुसी सेनाले राजधानी कीव र अन्य प्रमुख शहरहरूमा हवाई हमलाका साथ तोपधाराबाट प्रहार गरेका छन्। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले उक्त हमलामा भयानक क्षति भएको र नागरिकको ज्यान गुमेको पुष्टि गरे। साथै, उनले यो युद्ध अपराधको एक उदाहरण भएको आरोप लगाएका छन्। बीबीसीका अनुसार शुक्रबार राति भएको आक्रमणमा आठवटा आवासीय भवन र एउटा प्रशासनिक भवनमा क्षति पुगेको छ। डोब्रोपिलिया रुसको कब्जामा रहेको डोनेट्स्क सहरको उत्तरपश्चिममा अवस्थित छ।
युक्रेनले यसअघि बिहीबार राति भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु भएको बताएको थियो। युक्रेनमा यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसविरुद्ध ठूलो मात्रामा प्रतिबन्ध र कर लगाउने सोचमा रहेको बताएपछि भइरहेको हो। उता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फागुन १६ गते ९फेब्रुअरी २८० ह्वाइट हाउसमा र ट्रम्पसँग भएको चर्काचर्कीपछि सम्बन्ध सुधारको प्रयास गरिरहेका छन्। युक्रेन र रूसको बीचको युद्ध लामो समयदेखि जारी रहेको छ र यो संकट अझै समाधान नभएको देखिन्छ। अन्तर्राष्ट्रिय समुदायले युक्रेनमा शान्तिको स्थापनाका लागि युद्धको अन्त्यको आग्रह गर्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे