
काठमाडौं ,२४ फागुन । आज, ८ मार्च, २०२५ का दिन विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस ११५ औं वार्षिकोत्सव मनाइँदैछ। यस वर्षको मूल नारा “सबै महिला तथा बालिकाको लागि: अधिकार, समानता र सशक्तिकरण” राखिएको छ। यस अवसरमा विभिन्न महिला संगठन, सरकारी निकाय र राजनीतिक दलहरूको तर्फबाट कार्यक्रमहरूको आयोजना गरिएको छ।
यो दिवसले महिला सशक्तिकरण, लैङ्गिक समानता र हिंसाजन्य गतिविधिहरूको विरोध गर्ने उद्देश्य राखेको छ। महिलाको प्रविधि, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा पहुँच बढाउने, महिलालाई आत्मनिर्भर बनाउन प्रोत्साहन गर्ने जस्ता मुख्य उद्देश्य छन्।
नेपालको संविधानले महिलाका अधिकारलाई सुनिश्चित गर्दै, समानुपातिक समावेशी सिद्धान्तलाई आधार बनाउँदै महिलाको प्रतिनिधित्व बढाएको छ। संघीय संसदमा ३४ प्रतिशत, प्रदेश सभामा ३६.५ प्रतिशत र स्थानीय तहमा ४१.१ प्रतिशत महिलाको प्रतिनिधित्व छ। निजामती सेवामा पनि करिब २८ प्रतिशत महिलाले कार्यरत छन्।
सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले यस दिवसको शुरुआत गरेको हो। पहिलो महिला दिवसको नारा “विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने” थियो। १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार भन्दा बढी महिलाले समान कामको लागि समान तलब, मतदानको अधिकार र कम काम गर्ने समयको माग गर्दै प्रदर्शन गरेका थिए। त्यसै दिनको सम्झनामा यो दिवस मनाइन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे