
काठमाडौँ , फागुन २१। आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक बुधबार दिउँसो १ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयले बैठकको सम्भावित कार्यसूची तयार गरे अनुसार आज भूमिसम्बन्धी बाहेक सरकारले ल्याएका अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुनेछ । सत्तारुढ दल नेकपा एमालेले आज ९बुधबार० बस्ने संदस् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरिसकेको छ । प्रतिनिधि सभा बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि पेस हुने भएकाले नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेका हुन्।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थितीको निर्देशन दिएका ३थिए। उनले सबै सांसदलाई मोबाइल फोनमा सन्देश पठाएर बैठकमा उपस्थित हुन आग्रह गरे। यसैगरी, एमाले प्रमुख सचेतक महेश बर्तौलाले पनि सांसदहरूलाई बैठकमा उपस्थित हुने ह्विप जारी गरेका थिए । भूमिसहित ६ अध्यादेश राष्ट्रपतिबाट जारी भएको एक महिना बित्दा पनि सरकारले स्वीकृतिका लागि संघीय संसद्का दुवै सदनको कार्यसूचीमा राख्न सकेको थिएन । सत्तारुढ दलहरुले अध्यादेश स्वीकृतिका लागि आफ्ना सांसदहरूलाई ह्विप जारी गरिसकेका छन् ।
प्रतिनिधिसभामा काँग्रेसका ८८ र एमालेका ७८ सांसद छन् । सरकारले भूमि सम्बन्धी बाहेकका ६ अध्यादेश पारित गर्नका लागि भोलि संसदमा पेस गर्दैछ । जसपा नेपाल र लोसपाले भूमि अध्यादेशको विपक्षमा देखिएपछि सरकारले त्यसलाई रोकेर अन्यलाई पारित गर्न प्रक्रियामा लाने भएको छ । हाल भूमि सम्बन्धी अध्यादेशमा असहमतिका कारण रोकेको छ, र पाँच वटा अन्य अध्यादेश स्वीकृत गर्नको लागि सहमति जुटाइँदै छ। भूमि अध्यादेश प्रतिस्थापन विधेयकको रूपमा ल्याएर फिर्ता लिने तयारी भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे