
काठमाडौँ , फागुन २१। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई अमेरिकी सैन्य सहायता स्थगित गर्ने निर्णय गरेपछि, युक्रेनले रुसी आक्रमणको सामना गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की बीचको विवादको केही दिनपछि यो निर्णय लिइएको हो। युक्रेनी प्रधानमन्त्री डेनिस स्मिगालले भने, हामी प्रतिरोध जारी राख्न सबै कुरा गर्नेछौँ।
सन् २०२२ मा रुसको आक्रमणपछि, अमेरिकाले युक्रेनलाई महत्वपूर्ण सैन्य सहायता प्रदान गर्दै आएको छ, जसले हजारौँ युक्रेनी जीवनलाई बचाएको प्रधानमन्त्री स्मिगालको भनाइ छ। युक्रेनले युरोपसँग सहकार्य गर्दै ट्रम्पसँग हतियार आपूर्ति रोक्ने विषयमा छलफल गर्ने इच्छा व्यक्त गरेको छ।
स्मिगालले अमेरिकासँग सहयोग जारी राख्ने प्रतिबद्धता जनाउँदै भने, हामी सुरक्षा ग्यारेन्टीहरूको आवश्यकता महसुस गर्छौँ, जुन युरोप र युक्रेनका लागि अस्तित्वगत रूपमा महत्त्वपूर्ण छ।ू साथै, उनले प्याट्रियट एयर डिफेन्स प्रणालीको आपूर्ति महत्वपूर्ण भएको बताएका छन्, जुन रूसी मिसाइलहरूसँग लड्न सक्षम छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे