
काठमाडौँ , फागन २० । एलपी ग्यास उद्योगीहरूले सरकारसँग ५ बुँदे सहमति गरेपछि आन्दोलन फिर्ता लिएका छन् । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर काकी, नेपाल एल।पि। ग्यास उद्योग संघका पदाधिकारीहरूको उपस्थितिमा पाँच बुँदे सहमति भएको हो ।
सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच प्रतिसिलिन्डर ग्यासमा १२ रुपैयाँ ७५ पैसा कमिसन बढाउने सहित ५ बुँदे सहमति भएको हो । आन्तरिकतर्फ ग्यासमा प्रतिसिलिण्डर १२।७५ ले मूल्य वृद्धि गर्ने सहमति भएको छ । तर उपभोक्तालाई भने मूल्य नबढ्ने नेपाल आयल निगमले जनाएको छ ।
नेपाल आयल निगमका अनुसार प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा कमिसन बढाउने सहमति भए पनि यसको मार उपभोक्तामा पर्ने छैन । अर्थात, प्रतिसिलिन्डर १ हजार ९ सय १० रुपैयाँ नै पर्नेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे