
काठमाण्डौ। साना तथा मध्यम उद्यमहरू (SMEs) का लागि कार्यशील पूँजी तथा पूँजीगत खर्च व्यवस्थापन गर्न वित्तीय सहायता योजना सञ्चालनमा हुदै आएको छ। बैंकिङ संस्थाका अनुसार, व्यापार, उत्पादन/प्रसंस्करण, तथा सेवा क्षेत्रमा संलग्न व्यवसायहरूले यस योजनाबाट लिदै आएका छन्।
बैंकका अनुसार, सानातथा मध्यम उद्यमहरू अन्तर्गत भुक्तानी पूँजी रु. १०० लाखसम्म भएका उद्योग, व्यापार वा व्यवसायिक इकाइहरू (माइक्रो तथा घरेलु उद्योगसहित) योग्य मानिनेछन्। पहिले नै सञ्चालनमा रहेका व्यवसायहरूका लागि सम्बन्धित सरकारी निकाय, नगरपालिका वा गाउँपालिकामा दर्ता भई न्यूनतम २ वर्षदेखि नाफामुखी रूपमा सञ्चालनमा रहेको हुनुपर्नेछ, जसमा नगद नाफा पनि स्वीकार्य हुने बैंकले जनाएको छ। स्टार्ट-अप व्यवसायहरूका लागि, १ वर्षभन्दा कम समयदेखि सञ्चालनमा रहेका व्यवसायहरू योग्य हुनेछन् भने सम्बन्धित सरकारी निकाय, नगरपालिका वा गाउँपालिकामा अनिवार्य रूपमा दर्ता गरिएको हुनुपर्नेछ। साथै, व्यवसायी, साझेदार वा निर्देशकहरूसँग सोही क्षेत्रमा कम्तीमा २ वर्षको अनुभव आवश्यक पर्नेछ।
यस योजनाअन्तर्गत कार्यशील पूँजीका लागि ओभरड्राफ्ट (OD), अल्पकालीन कर्जा (STDL/DL), व्यापार वित्तीय सहायता (TR/LC/BG) तथा पूँजीगत खर्चका लागि दीर्घकालीन कर्जा (Term Loan) उपलब्ध हुनेछ। सञ्चालनमा रहेका व्यवसायहरूका लागि कार्यशील पूँजी (FB & NFB) तथा टर्म लोनको सीमा रु. ५०० लाखसम्म तथा स्टार्ट-अप व्यवसायहरूका लागि रु. २५० लाखसम्म तोकिएको छ।
ब्याजदर प्रतिस्पर्धात्मक हुने र समयअनुसार परिवर्तन हुन सक्ने बैंकले जनाएको छ। सुरक्षा व्यवस्थाका रूपमा कार्यशील पूँजी कर्जाका लागि स्टक, डेबिटर, चालु सम्पत्ति, बिल तथा ऋणपत्रको प्रतिज्ञा राख्नुपर्नेछ। टर्म लोनका लागि स्थायी सम्पत्तिहरूको प्रतिज्ञा आवश्यक हुनेछ भने गैर-कोषीय सुविधाका लागि उचित नगद मार्जिन राख्नुपर्नेछ। साथै, सञ्चालनमा रहेका व्यवसायहरूका लागि कर्जा रकमको १२५% बराबरको चल-अचल सम्पत्ति (भूमि तथा भवन) तथा स्टार्ट-अप व्यवसायहरूका लागि १५०% बराबरको चल-अचल सम्पत्ति राख्नुपर्नेछ।
भुक्तानी व्यवस्थामा कार्यशील पूँजी कर्जा १ वर्षे पुनःनवीकरणीय हुनेछ भने टर्म लोनको भुक्तानी अवधि १० वर्षसम्म रहनेछ। कर्जा सुरक्षित गर्न बैंकको सर्तअनुसार व्यापक बीमा योजना लागू गरिनेछ। बैंकिङ संस्थाहरूका अनुसार, यस योजनाले सानातथा मध्यम व्यवसायहरूको वित्तीय आवश्यकताहरू पूरा गर्दै आर्थिक वृद्धि तथा व्यावसायिक स्थायित्वमा टेवा पुर्याउने विश्वास गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे