
काठमाडौँ , १९ फागुन । पूर्वयुवराज पारश शाह नर्भिक अस्पताल भर्ना भएका छन्। शाहलाई आइतबार साँझ हृदयघात भएपछि काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा फणिराज पाठकले जानकारी दिए। शाहको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पताल श्रोतले बताएको छ।
अहिले स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ। यसअघि २०८० भदौ १५ गते पनि हृदयघात नै भएपछि शाहलाई अस्पताल भर्ना गरिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे